Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

सरकारी गाडीको ठक्करले दुई गम्भीर, विद्युत ट्रान्सफर्मरले किचिएर गाडी क्षतिग्रस्त

उद्‌घोष सम्वाददाता
२० जेठ २०८१, आइतवार

सुनसरी । तीब्र गतिमा गुडेको सरकारी गाडीले सिटी सफारीलाई ठक्कर दिंदा दुई जना गम्भीर घाइते हुनुका साथै गाडी क्षतिग्रस्त भएको छ । 

सिरहाबाट विराटनगरतर्फ आउंँदै गरेको गाडीले सुनसरी बर्जु गाउँपालिका १ मा आइतबार अपरान्ह सिटी सफारीलाई ठक्कर दिंदा त्यसमा सवार एक बालक र एक महिला गम्भीर घाइते भएका छन् । 

सुनसरी प्रहरीका अनुसार प्रदेश १–०२–००१ ह २८७९ नम्बरको सिटी सफारीलाई प्रदेश १–०२–००१ झ ०१४१ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।

सीटीलाई ठक्कर दिएपछि भ्यान बिजुलीको पोलमा लागेको ट्रान्सफर्मर मुनि छिरेर क्षतिग्रस्त भएको छ । घाइते बर्जु ६ का १४ वर्षीय आकाश राम र ४५ वर्षीया रुपनीदेवी साहको गोल्डेन अस्पताल विराटनगरमा उपचार भई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । 

सरकारी गाडी घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाको भएको पाइएको छ । त्यसका चालक सिरहा बरियापट्टी गाउँंपालिका–५ का ३७ वर्षीय अमितकुमार साहलाई प्रहरीले नियन्त्रणमा राखेको प्रहरीले बताएको छ ।

बर्जुको चिमडीबाट पूर्व शुक्रबारेतर्फ आउने क्रममा गेलाबारी भन्ने ठाउँमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

View : 248

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved