विराटनगर । सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगर–५ स्थित एभरेष्ट कलेजका शिक्षक, कर्मचारी र विद्यार्थीले मंगलबार वृक्षरोपण गरेका छन् ।
कलेज परिसर अगाडिको सडक किनारमा वृक्षरोपण गर्दै कलेजले त्यस क्षेत्रका विरुवाको संरक्षणमा समेत ध्यान दिने जनाएको छ ।
कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी वृक्षरोपण कार्यक्रमको थालनी गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपाने, विद्यालयका प्राचार्य टिकाराम पुरीले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरे ।
प्रमुख प्रशासकीय अधिकृत दुलालले महानगरपालिकाको हरित महानगर अभियानलाई सार्थक बनाउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्व वहन गरेको प्रति खुसी ब्यक्त गरे ।
विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानले एभरेष्ट कलेजले गरेको यो अभियानलाई अन्य शैक्षिक संस्थाले समेत अवलम्वन गर्न आवश्यक रहेको बताए ।
कलेजका प्राचार्य टिकाराम पुरीले एभरेष्टले महानगरको अभियानलाई साथ दिनकै लागि सामाजिक उत्तरदायित्व वहन गर्दै वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको बताए ।
उनले विराटनगर–५ को शान्ति चोक, राम मन्दिरदेखि कोचाखालसम्मको सडक किनारामा केही विरुवा रोपिसकेको र बाँकी रहेका क्षेत्रमा वृक्षरोपण गरी संरक्षण गर्न एभरेष्ट कलेजले ध्यान दिने बताए ।
एभरेष्टले विराटनगर महानगरपालिकासँगको समन्वयमा डिभिजन वन कार्यालय मोरङसँग सहकार्य गरी वृक्षरोपण गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका सरसफाइ तथा वातावरण विभागका प्रमुख पुनम दाहाल, कलेजका शिक्षक कर्मचारी र विद्यार्थीहरूको सहभागिता थियो ।
View : 574
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved