विराटनगर । भदौ ३१ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरेर इटहरी उपमाहनगरको भवनमा ठूलो क्षति पुर्याएका छन् ।
भवन जलेपछि मंगलबार उपमहानगरको प्रांगणको भूईँमै काउर्यपालिका बैठक बसेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले दिएको जानकारी अनुसार कार्यपालिका बैठकले इटहरीमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका दुई जनाप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले नगरमा भएका भौतिक क्षतिको विवरण संकलन गर्ने, इटहरी कार्यपालिका कार्यालय असोज ४ गतेसम्म बिदा दिने र त्यसपछि मात्रै सन्चालन गर्ने निर्णय गरेको छ ।
भदौ २३ र २४ दुवै दिन उपमहानगर कार्यालयमा आगजनी भएको थियो ।
२३ गते प्रदर्शनका क्रममा इटहरीमा दुई जनाको मुृत्यु भएको थियो ।
View : 408
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved