Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लायन्स क्लब सेन्ट्रलद्वारा ८७ लाई न्यानो कपडा वितरण

उद्‌घोष संवाददाता
७ माघ २०८१, सोमवार

विराटनगर । लायन्स क्लब विराटनगर सेन्ट्रलले विराटनगर–१२ स्थित जनता बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना बालबालिकालाई न्यानो कपडा वितरण वितरण गरेको छ ।

क्लवका अध्यक्ष फडिन्द्र अधिकारीको नेतृत्वमा ८७ बालबालिकालाई सोमबार विद्यालयमै पुगेर जाडोमा लगाउने हुडी सेट प्रदान गरिएको हो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५सी का निवर्तमान गभर्नर विजयहरि शर्मा, प्रथम महिला सुमिता दाहाल, पूर्वअध्यक्षहरू राजन श्रेष्ठ, शिव रिजाल, मोहन अधिकारी, बाबुराम ढकाल, विशेष सल्लाहकार अनुशा शर्मा, क्लबका प्रथम उपाध्यक्ष लुना श्रेष्ठ, लायन्स क्लब धनकुटा सेन्ट्रलका संस्थापक अध्यक्ष गोपाल भट्टराई, कोषाध्यक्ष दुर्गा कार्की, विद्यालयका प्रधानाध्यापक इमा ओझा, शिक्षक शिक्षिकाहरू लगायतको उपस्थिति थियो ।

View : 555

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved