विराटनगर । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आव २०८२–८३ को बजेटमाथि बिहीबारदेखि छलफल हुने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री माननीय रामबहादुर मगरले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि बैठकमा सामान्य छलफल हुने प्रदेश सभाका कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले बताए ।
सामान्य छलफलमा उठेका प्रश्न तथा जिज्ञासामाथि आजै (बिहीबार) मन्त्री मगरले जवाफ दिने कार्यसूची रहेको उनले जानकारी दिए ।
आइतबार कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री मगरले आव २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
उनले कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्ब ६८ करोड ३३ लाख, पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन प्रस्तुत गरेका थिए ।
उक्त बजेटको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख प्राप्त हुने अनुमान छ ।
त्यसैगरी संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट ४९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख प्राप्त हुने जनाइएको छ ।
View : 321
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved