विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला तिनै नेता हुन्, जो कांग्रेस र एमाले मिलेर सरकार चलाउनु पर्ने प्रस्तावका प्रखर प्रस्तावक थिए ।
सरकार अस्थिर बनेको, साना दलह रूले पालो गरी गरी अस्थिरता निम्त्याएको बताउने कोइरालाले लगातार भनिरहे बमोजिम नै गतवर्षको असार १७ मा कांग्रेस र एमालेले ७ बुँदे सहमति गरेर सत्ता सहयात्रा थाले ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा संसद्का दुई ठूला दल मिलेर सरकार चलाएको ठ्याक्कै वर्षदिन पछि उनै कोइरालाले एमालेलाई सरकारको नेतृत्व किन दिएको भन्दै पार्टी बैठकमा कुरा उठाएका छन् ।
कोइराला पार्टीको १५ औं महाधिवेशनमा सभापतिको तयारीका लागि देश दौडाहामा छन् ।
समयमै महाधिवेशन गर्नुपर्ने दबाब निरन्तर बढाउँदै लगेका कोइरालाले यसपटक केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवावि रूद्ध ‘फायर’ खोल्दै एमालेलाई प्रधानमन्त्री दिनुको कारण खोजेका छन् ।
‘२०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं । अहिले एमालेसँग सरकारमा छौं । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो’ सोमबार केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै कोइरालाले भने ‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ ।
के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चित बुझ्ने जबाफ दिनुपर्छ ।’
सोमबार सु रू केन्द्रीय समिति बैठकको पहिलो दिन नै बोल्दै कोइरालाले पार्टी सञ्चालन शैलीदेखि लिएर भ्रातृ संस्थाह रूको आन्तरिक जीवनमा आएको भद्रगोल अवस्थाबारे तिखो टिप्पणी पनि गरे ।
यही वर्षभित्रै कसैगरी महाधिवेशन गर्नुपर्ने बताउँदै आएका शेखरले वर्ष दिनपछि एमालेसँगको सहकार्यबारे किन प्रश्न उठाए ? पार्टीभित्र संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका शेखर कोइराला समूहकै नेताह रूलाई यसबारे सोध्दा उनीह रू कोइरालाले जायज कुरा ढिलो गरी उठाएको बताउँछन् ।
‘एउटा नेताले देशको र पार्टीको मूल्यांकन प्रस्तुत गर्नुभयो । उहाँले जे कुराह रू प्रस्तुत गर्नुभयो त्यो वस्तुनिष्ठ र तर्कपूर्ण छ’, कोइराला निकट नेता गु रूराज घिमिरेले भने ‘उहाँले यो विषय ढिलो गरी भन्नुभयो । उहाँले केन्द्रीय समिति बैठकमा जे भन्नुभयो, हामीले त्यसबारे लामो समयदेखि बोल्दै र लेख्दै आएका हौं । यिनै कुराह रूको सेरोफेरोमा अभियान पनि चलाएका थियौं । तर, उहाँह रू ती कुरा सत्य हुन् भन्नेमा सहमत हुनुुहुन्थेन । अहिले आएर हामीले उठाएका विषय सही प्रमाणित भए ।’
पार्टीको बैठकमा मर्यादित र सभ्य रूपमा कोइरालाले राखेका विषयले पार्टी र देशको हित चाहने, भलाइ चाहनेह रूलाई खुसी बनाएको उल्लेख गर्दै घिमिरेले भने ‘पार्टी र देशको सम्पूर्ण कुरामा भलो चाहने, हित चाहने भलाई चाहने उहाँका कुरामा सहमत छन् ।’
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारवि रूद्ध कोइरालाले यसअघि पनि बारम्बार अभिव्यक्ति दिँदै आएका थिए ।
अहिले आएर केन्द्रीय समिति बैठकमै कुरा राखेर ओलीको नेतृत्व स्वीकारेर पार्टीले गल्ती गरेको शेखरको ठहर छ ।
कांग्रेसभित्र झण्डै ४० प्रतिशत शक्तिको हिस्सेदार मानिने शेखरको यो ठहरले सत्ता गठबन्धनमा केही तलमाथि गरिहाल्ने छाँट तत्काल नदेखिने तर यही शैलीमा अघि बढ्न अब सम्भव पनि नहुने उनी निकटहरूको भनाइ छ ।
‘यो गठबन्धन तोडिहालौं भन्ने उहाँको आशय होइन तर सरकारको नेतृत्व जतिसक्दो चाँडो कांग्रेसले लिनुपर्छ भन्ने उहाँको भनाइ हो’, शेखर निकट नेताहरूको भनाइ छ ‘पार्टीको हित र देश हितका लागि पनि यो जरूरी भइसकेको छ ।’
उनीहरूका अनुसार ओली नेतृत्वको सरकार अलोकप्रिय बनेको, भ्रष्टाचारजन्य घटनामा बढोत्तरी भएको, जनतालाई डेलिभरी दिने विषयमा संवेदनशील नभएको शेखरको भनाइ छ । यति मात्रै होइन, कोशी प्रदेशमा कांग्रेस पार्टी एमालेको लाचार छायाँ बनेको निष्कर्ष पनि कोइरालाको रहेको नेताह रू बताउँछन् ।
‘यो सबै हिसाबले पनि एमाले नेतृत्वबारे रिथिङ्क गर्नुपर्छ भन्ने शेखर दाइको कुरा हो’, उनी निकट कोशीका एक नेताले भने ‘सभापतिको रेस्पोन्स कसरी आउँछ अब त्यसको प्रतीक्षा छ ।’
कांग्रेस बैठकमा यसपटक कोइरालाले २०८२ सालको मंसिर महिनामै १५ औँ महाधिवेशन गर्नुपर्ने लगायतका विषय पनि राखेका थिए ।
गठबन्धनका नाममा कांग्रेसले जित्ने सिट अ रूलाई दिएको, विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन भन्ने प्रश्न समेत उठाएका शेखरलाई मंगलबार चौधरीले गुनासो गर्दै प्रतिरक्षा प्रयास गरेका थिए ।
यसपटक सभापतिको शैलीवि रूद्ध फायर खोल्ने क्रममा चेतावनीको शैलीमै बोलेका कोइरालाले भनेका थिए ‘आज बाध्यभएर भनिरहेको छु ।
पार्टीमा एकता होस्, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भएलगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ ।
सभापति एवं पदाधिकारीह रूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिन ।
मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो ।’ कोइराला निकट नेताह रू अब आफ्नो टिम संस्थापनवि रूद्ध वारपारको संघर्षमा होमिएको र यो पूर्व सूचना दिइएको दाबी गर्छन् ।
View : 511
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved