Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरी उपमहानगर कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर । जेनजी प्रदर्शनकारीहरुले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगजनी गरेका छन् । उग्र प्रदर्शन गर्दै प्रहरी घेरा तोडेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन् । 

प्रदर्शनकारीहरुले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार  मिश्रले इटहरी उपमहानगर क्षेत्रभरी कफ्र्यु लगाएका हुन् ।

उत्तरमा हलगढा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वमा मिलन चोकदेखि जुट विकास भित्र, दक्षिणमा अख्तियार, यातायात, साथी पेट्रोलपम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिममा कंलकी मोडदेखि जनता बस्ती भित्रसम्म कर्फ्यू लगाइएको हो ।

View : 427

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved