सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका–९ स्थित नागदेवी मन्दिर सेवा समितिको अध्यक्षमा पुनः रामकृष्ण खड्का निर्वाचित भएका छन् ।
सो समितिको अध्यक्षका लागि भएको निर्वाचनमा रामकृष्ण खड्काले १ सय ४७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी सुमित्रा खड्काले ४७ मत मात्र प्राप्त गरिन् ।
समितिको पाँचौ वार्षिक साधारणसभा अन्तर्गत २ बर्षे कार्यकालका लागि रामकृष्ण खड्का अत्यधिक मतको अन्तरले विजयी भएका हुन् । अध्यक्ष पदका लागि दुई जना मात्र प्रतिस्पर्धामा थिए ।
सचिव पदमा घनश्याम दाहालले १ सय ४६ मत प्राप्त गरे भने दधिराम न्यौपानेले ४६ मत प्राप्त गरे ।
कोषाध्यक्ष पदमा पुष्पाकुमारी खड्काले १ सय २९ मत प्राप्त गरिन् भने टीका कार्कीले ६४ मत प्राप्त गरे ।
सहसचिव पदमा हिरा खड्काले १ सय १५ मत प्राप्त गरिन् भने तेजबहादुर कार्कीले ७८ मत प्राप्त गरे । मन्दिर सेवा समितिका सदस्यहरू भने सर्वसम्मत रूपमा चयन गरिएको जानकारी प्राप्त भएको छ ।
कुल २ सय ६९ मतदाता मध्ये २ सय ३ मत खसेको निर्वाचन समिति सदस्य गोपाल पाठकले जानकारी दिए ।
यस क्षेत्रको गहनाको रूपमा परिचित धार्मिक तथा ऐतिहासिक नागदेवी मन्दिरको विकासका लागि आफूले विगतदेखि नै विविध कार्य गरेर यहाँसम्म ल्याउँन पहल गरेकोले अझै थप नमूना मन्दिर बनाउन स्थानीय सरकारलगायत सबैको साथ सहयोगको खाँचो परेको समितिका निर्वाचित अध्यक्ष खड्काले बताए ।
View : 203
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved