काठमाडौँ, १३ कात्तिक । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ ।
स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ ।
सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज एक हजार पाँच सयले बढेको हो ।
यसैगरी,चाँदीको मूल्य प्रतितोला ४० ले बढेर दुई हजार पाँच कायम भएको महासङ्घले जनाएको छ ।
सोमबार एक तोला चाँदी दुई हजार ६५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
View : 89
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved