Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

इन्द्रपुर जेसिजको साधारणसभाबाट अध्यक्ष चुनिए थापा

उद्‌घोष संवाददाता
२७ मंसिर २०८०, बुधवार

Advertisement

सुन्दरहरैंचा : इन्द्रपुर जेसिजको अध्यक्षमा उत्सव थापा चयन भएका छन् । इन्द्रपुर जेसिजको  २२औं वार्षिक  साधारणसभाबाट थापा अध्यक्षमा चयन चयन भएका हुन् ।

यसैगरी समितिको कार्यकारी उपाध्यक्षद्वयमा समीर बस्नेत र रमेश खतिवडा, उपाध्यक्षहरुमा निरू बजगाई, रामप्रसाद ढकाल, अल्का सुवेदी र गोपाल दाहाल  छन् । यस्तै सचिवमा प्रवास दाहाल र कोषाध्यक्षमा दिवस रिजाल छन् ।

कार्यक्रममा रामप्रसाद शाहु स्मृति  अवार्डबाट  रोहन ढकाल,  डि रत्न स्मृति अवार्डबाट युवेन्द्र गुरूङ, शिवप्रसाद घिमिरे स्मृति अवार्डबाट सुकुना माविका विद्यार्थी दुर्गा धिमाल, मातृका खड्का स्मृति पुरस्कारबाट शिक्षा निकेतनका विद्यार्थी सरस्वती मगर, कृष्ण–वृन्दा प्रतिभा अवार्डबाट अजित वान्तवा, नरदेवी अवार्डबाट सुमन पौडेल सम्मानित भए । 

सो अवसरमा  इन्द्रपुर जेसिजकी अध्यक्ष विना सुवेदी आचार्य, पूर्व अध्यक्ष डिल्लीप्रसाद ढकाल, कृष्णप्रसाद ओझा, कृष्णबाबु ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी इन्द्रपुर जुनियर जेसीजको अध्यक्षमा मदन भण्डारी चयन भएका छन् । कार्यकारिणी उपाध्यक्ष पदमा स्नेहा सापकोटा र नम्रता खतिवडा, उपाध्यक्षमा सौगात सुवेदी, अनुस्कृती शाक्य, साधना भट्टराई  र दिपेश रोक्का, सचिवमा रोहन ढकाल र जनसम्पर्क अधिकारीमा इशा बस्नेत छन् ।

View : 469

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved