Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सानिमा बैंकको २०औं साधारणसभा

उद्घोष सम्वाददाता
५ मंसिर २०८१, बुधवार

विराटनगर । सानिमा बैंक लिमिटेडले मंगलबार २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सो सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५ दशमलब २६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ मा २ अर्ब ४० करोड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुदकर्जा सापटी १६४.९४ अर्ब रहेको जनाइएको छ । 

आर्थिक वर्ष २०७९–८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सन्ज्यालले जानकारी दिए ।

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved