सुन्दरहरैंचा । रुद्र–गौरी–अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कनकाई माविमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
एक कार्यक्रमका बीच प्रतिष्ठानले कनकाई–३ स्थित कनकाई माविमा कक्षा–१ देखि ८ कक्षासम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा ५० विद्यार्थीलाई जुत्ता, मोजा र स्वीटर वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कन्काई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी लगायतले बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए ।
यसअघि प्रतिष्ठानले झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका दुई वटा विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिए ।
शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिएका रुद्र ओलीको पदचापलाई पछ्याउँदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले बताए ।
View : 362
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved