विराटनगर । विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो ।
महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनीतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।
अझै पनि धेरै महिलालाई आˆना अधिकारका विषयमा जानकारी नभएको भन्दै कार्कीले संविधान प्रदत्त सबै किसिमका अधिकारबारे सहभागीहरूलाई जानकारी गराएको बताइन् । मेयर नागेश कोइरालाले आˆना समस्याबारे खुलस्त राख्न आग्रह गरेका थिए । उनले केही समस्या परे सिधै महानगरमा आउन अनुरोध गरे ।
मेयर र उपमेयरको उपस्थितिमा विराटनगरका सबै वडाका गृहिणीहरूलाई बोलाएर उनीहरूका समस्या र सुझाव सुनेको कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् ।
यसरी कार्यक्रम गर्दा गृहिणीहरूमा बोल्ने क्षमताको विकास र आफ्ना समस्या कहाँ गएर कसरी राख्ने भन्ने विषयमा जानकारी हुने थपलियाको भनाइ थियो ।
कार्यक्रमका सहभागीहरूले मदिरा नियन्त्रण र रोजगारी दिन प्रमुखता साथ उठाएका थिए । मदिरा सेवनले गर्दा श्रीमान र ससुराले घरमा दुःख दिने गरेको गुनासो पोखेका थिए ।
View : 214
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved