काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताएका छन् ।
वर्तमान संविधानको मूल उद्देश्य जीवित राख्दै संविधान संशोधन गरिए मात्रै संविधान संशोधनमा सहयोग गर्ने उनले उल्लेख गरे । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अहिलेको संविधानमा विद्यमान रहेका जनताका अधिकारलाई कुिण्ठत गरेर २०४७ सालको संविधानतिर उन्मुख हुने कार्य कदापी मान्य नहुने बताए ।
उहाँले भने, “यदि संविधान संशोधन नै गर्ने हो भने समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्ने गरी होइन, २०७२ सालको संविधानमा विद्यमान रहेका सबै भाव जीवित राख्नुभपर्छ ।”
सांसद तामाङले संविधानमा उल्लेख गरिएको सङ्घीय गणतन्त्र, धर्म निरपेक्षता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सबै संवैधानिक व्यवस्थाको प्रतिकूल नहुने गरी संविधान संशोधन गरिनुपर्नेमा जोड दिए ।
साथै उनले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी संविधान संशोधन गरेमा मात्रै आफ्नो पार्टीले समर्थन जनाउने बताए । रासस
View : 277
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved