Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शैक्षिक अवस्थाको प्रकाश पार्दै अध्यक्ष घिमिरे

उद्‌घोष संवाददाता
१५ जेठ २०८३, शुक्रवार

विराटनगर । नेपाल विश्वविद्यालय निजी कलेज समितिका अध्यक्ष तीर्थराज घिमिरे नेपालका निजी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी कलेजहरुको भूमिका तथा शैक्षिक अवस्थाबारे प्रकाश पारेका छन् । 

उनले नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले आयोजना गरेको पत्रकारिता सीप अभिवृद्धि तालिममा प्रशिक्षकहरुलाई सो बारे प्रकाश पारेका हुन् । 

अध्यक्ष घिमिरेले देशमा उचित शैक्षिक वातावरणको सिर्जना नभएसम्म देश अग्रसर नहुने बताए । शैक्षिक क्षेत्रमा व्यापक लगानी गर्ने देशहरु अगाडि बढेको उदाहरण दिए । 

उनले भने, ‘जसले शिक्षामा राम्रोसँग लगानी ग¥यो र उत्पादनमुखी शिक्षा पठनपाठन गरायो, त्यो देश नै अगाडि बढेको छ । 

प्रशिक्षार्थीहरुको जिज्ञासाको उत्तर दिंदै उनले शैक्षिक क्षेत्रमा देखिएको विकृति विसंगतीलाई समेत निमूल पार्ने सोच रहेको बताए । 

उनी अध्यक्ष रहेको नुप्काको स्थापना समेत सोही विकृति र विसंगतीलाई निमूल पार्ने हेतुले नै स्थापना भएको धारण व्यक्त गरे । 

सिटी कलेजका प्राचार्य समेत रहेका उनले आफ्नो शिक्षणकालमा देखेका विद्यार्थीहरुको समस्या र उनीहरुको प्रेरणाकोसमेत उदाहरण दिंदै प्रशिक्षार्थीको मनोवल बढाएकोसमेत प्रशिक्षार्थीले जानकारी दिए । 

उनले विगतका दिनमा सिटी कलेजमा पत्रकारिता विषय समेत अध्यापन हुँदै आएको तर पछिल्लो समय विद्यार्थीहरुप्रति मानविकीको विकर्षण बढ्दै गएको कारण सो कार्यक्रम स्थगित गर्नु परेको जिकिर गरे ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved