प्रेस चौतारी नेपाल दशौं महाधिवेशन
विराटनगर । प्रेस चौतारी नेपालको दशौं महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाबमोजिमको नेतृत्वको सूची तयार गरेर स्थायी कमिटी सदस्य भानुभक्त ढकाल अधिवेशनस्थलबाट बाहिरिएका छन् । उनी जारी महाधिवेशनको बन्दसत्रको अध्यक्षमण्डलका अध्यक्ष थिए । तर आफ्नो अध्यक्षको जिम्मेवारी अर्का स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मा लगाउँदै उनी अधिवेशनस्थल होटल मनास्लु इनबाट बाहिरिएका हुन् ।
काठमाडौंमा आफ्नो जरुरी काम भएको बताउँदै अब आफू १०-१५ मिनेटभन्दा बढी बस्न नसक्ने भाषण गरेर ढकाल बाहिरिएका छन् । जनसंगठन संयन्त्र प्रमुखसमेत रहेका ढकाल र पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतम केही सातादेखि चौतारीको अध्यक्ष गणेश पाण्डेलाई जसैगरी बनाउने मिसनसहित खटिएका थिए । जुन मिसन पूरा गरी ढकाल फर्किएका छन् भने गौतम नामवली सुनाउने तरखरमा छन् ।
View : 351
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved