विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ पिपल चौकस्थित कोशी राजमार्गमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जनाइएको छ ।
बुधबार राती साढे ९ बजे पिपल चौकबाट पुर्व तर्फ मोड्दै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडक खण्डबाट कोशी राजमार्ग तर्फ निस्किदै गरेको मधेस प्रदेश–०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालक पथरीशनिश्चरे–१० का ४६ वर्षीय जीवन कटुवाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।
View : 2021
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved