Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
प्रविधि

सीजीद्वारा जुस एक्स्ट्र्याक्टर र ब्लेन्डर बजारमा

उद्‌घोष संवाददाता
१० जेठ २०८३, आइतवार

काठमाडौं । बढ्दो तापक्रम र पूर्व–मनसुनको उकुसमुकुसले दैनिक जीवन प्रभावित भइरहेका बेला शरीरलाई ताजा र ऊर्जावान राख्न स्वस्थकर पेय पदार्थको आवश्यकता बढेको छ । 

यही आवश्यकतालाई दृष्टिगत गर्दै ‘ब्लाक प्लसमाइनस डेकर’ का अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डर नेपाली बजारमा उपलब्ध गराइएको छ ।

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत उपलब्ध गराइएका यी उपकरणहरूले घरमै ताजा जुस, स्मुदी तथा चिसा पेय पदार्थ सहज रूपमा तयार गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बजारमा पाइने अत्यधिक चिनीयुक्त तथा कृत्रिम पेय पदार्थको विकल्पका रूपमा घरमै बनाइएको ताजा जुस स्वास्थ्यका लागि बढी लाभदायक हुने भएकाले उपभोक्ताको सुविधालाई ध्यानमा राखी उत्पादनहरू डिजाइन गरिएको हो ।

यसका प्रमुख विशेषताहरूमा जेई ८००–बी ५ जुस एक्स्ट्र्याक्टर छ ।  ८०० वाटको शक्तिशाली मोटर रहेको यस जुसरमा ७५ एमएमको ठूलो फिडिङ ट्युब जडान गरिएको छ । फलफूललाई साना टुक्रा नगरी सिधै राखेर जुस निकाल्न सकिने भएकाले समय बचत हुने कम्पनीको दाबी छ ।

यस्तै  ३०० वाट क्षमताको पर्सनल  स्पोट्र्स ब्लेन्डर व्यस्त जीवनशैली तथा फिटनेसमा रुचि राख्ने प्रयोगकर्तालाई लक्षित गरिएको हो । ५०० एमएलको ट्राइटन स्पोट्र्स बोतलमै स्मुदी तयार गरी सिधै कार्यालय वा जिम लैजान सकिने सुविधा यसमा छ ।

७०० वाट मोटर र १.७ लिटर क्षमताको ग्लास जार रहेको हाई–स्पिड ब्लेन्डरले एकैपटकमा परिवारका लागि चिसो पेय पदार्थ तयार गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी उत्पादनहरू देशभर रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शोरुम, आधिकारिक विक्रेता सञ्जाल र सीजी डिजीटल अनलाइन स्टोरमार्फत उपलब्ध छन् ।

ब्ल्याक प्लस डेकरका यी उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै देशव्यापी सर्भिस नेटवर्कमार्फत बिक्रीपछिको सेवा पनि उपलब्ध गराइने बताइएको छ ।

View : 126

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved