काठमाडौं । सेयर बजारमा सूचक र कारोबार दुवै घटेको छ । बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० विन्दुमा बजार बन्द हुँदा कारोबार रकम ५ अर्ब २० करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।
होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक सबै समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन २.०३ प्रतिशतले बढेको छ। घटेकामद्ये व्यापार समूहमा १.०६ प्रतिशतको गिरावट छ ।
१८८ कम्पनीको सेयरमूल्य घट्दा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता बढी नोक्सानमा रहे ।
उक्त कम्पनीको सेयर ९.०३ प्रतिशतले घटेको छ ।
सेयरमूल्य बढेका ५९ वटा कम्पनीमध्ये विकास हाइड्रोपावरका लगानीकर्ता फाइदामा छन् । आइपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएको पहिलो दिन उक्त कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको हो ।
चन्द्रागिरि हिल्स् ७.४२ प्रतिशतले बढेको छ ।
उच्च कारोबार भएका ५ कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्सको २५ करोड ९ लाख र हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै चन्द्रागिरि हिल्सको १९ करोड ४० लाख, युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड ५५ लाख र राधी विद्युतको १२ करोड २१ लाखको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा रहँदा ५ अर्ब ६३ करोड ६५ लाखको कारोबार भएको थियो ।
View : 249
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved