Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सहमतीय सरकार नै बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

उद्घोष सम्वाददाता
१७ कार्तिक २०८०, शुक्रवार

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार गठनका लागि आफूले पहल गरिरेको बताएका छन् । वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको उनले बताए ।

कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार उनलाई मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्की कोशी प्रदेशका विकासका लागि  सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताए ।

कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उनको भनाइ थियो । मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्‍यो त्यो गुणलाई आफूले नबिर्सने बताउँदै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउन गरेको पहललाइ पूरा गर्न आफू लागि परेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, भीषण राई, नेपाल पत्रकार महासंघ मोरङकी कार्यबाहक अध्यक्ष तारा आचार्यसहित प्रेस युनियनका पदाधिकारीहरूले मुख्यमन्त्री कार्कीलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको  शुभकामना दिएका थिए ।

View : 146

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved