विराटनगर । विराटनगर–१० निवासी कृष्णकुमार अटल भ्रष्टाचारको विरोध गर्दै आन्तरिक राजस्व कार्यालय विराटनगरको बाहिर दिनहुँ दुई घण्टा उभिन्छन् ।
सार्वजनिक विदा नभएका दिन दिनको २ बजेदेखि ४ बजेसम्म धर्ना दिने उनको नियमित कार्यक्रम जस्तै भएको छ । ४४ वर्षीय अटल हार्डवेयर व्यवसायी हुन् ।
उनले भ्रष्टाचारको विरोध गर्दै सडक किनारामा उभिने गरेको बिहीबार ८१ दिन भयो । उनले चारवटा मुद्दा उठाउँदै आइरहेका छन् ।
पहिलो मुद्दा हो, सबै प्रकारका प्रचलित कर खारेज गर । दोस्रो माग हो, बैकिङ करोबार कर प्रणाली लागू गर । त्यसैगरी उनको तेस्रो माग छ, एक समयभन्दा माथिको सबै मुद्रा प्रतिबन्धित गर र चौथो प्राकृतिक सन्तुलन बिग्रिनेगरी हुने सबै प्रकारका निर्माण कार्य बन्द गर ।
उनका यी चारैवटा मागको उनीसँग तर्क छ र कसैले सोध्यो भने त्यसको जवाफ उनी दिन्छन् । यति लामो आन्दोलनमा उनलाई अरू कसैले साथ दिएका छैनन् । भ्रष्टहरूका अगाडि उनी एक्लो वृहस्पति जस्ता भएका छन् ।
View : 258
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved