Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

हावामा अल्झिएको स्वरको विमोचन

उद्घोष सम्वाददाता
२७ साउन २०८१, आइतवार

Advertisement

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचाका कवि सिजन श्रेष्ठको कविता संग्रह हावामा अल्झिएको स्वरको लोकार्पण गरिएको छ । 

कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले लगायतले सो कृतिको लोकार्पण गरे  । ५३ वटा कविता समावेश गरिएको  संग्रहका बारेमा डा दीपकप्रसाद न्यौपाने र डा अस्मिता विष्टले समीक्षा गरेका थिए ।

समीक्षकहरूले कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको साथै प्रकृति प्रेम तथा माया पिरतीका विषयमा रचिएका कविताहरूले दिन खोजेको भाव अर्थपूर्ण र वैज्ञानिक रहेको टिप्पणी गरे ।

कवि श्रेष्ठले आफ्नो पहिलो कृति प्रकाशित हुँदा हर्षित हुँदै विगतमा अभिव्यक्त गर्न नसकिएको स्वर नै यो कृतिमा राखिएको बताए । लोकार्पण कार्यक्रममा सुकुना क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी लगायतको  थुप्रै साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

View : 129

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved