विराटनगर । कटहरीस्थित प्रदेश सभा सचिवालय परिसरमा सभा भवन नबन्दा विराटनगर महानगरपालिकाकै वीरेन्द्र सभागृहमा प्रदेश सभाको बैठक बस्ने तयारी अघि बढेको छ ।
प्रदेश सभाको बैठक बस्ने सभा कक्ष निर्माणको काम अघि नबढ्दा आगामी हिउँदे अधिवेशन वीरेन्द्र सभागृहमै गर्ने तयारी अघि बढेको हो ।
सभा हलको निर्माणका लागि कटहरीस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रको एउटा भवन प्रयोगमा ल्याउने तयारी भए पनि त्यसलाई सभाहलको ढाँचामा निर्माण गर्ने काम सुरु हुन सकेको छैन ।
जेनजी आन्दोलनका क्रममा देवकोटा चोकमा रहेको कोशी प्रदेश सभाको सचिवालय र सभाहल आगजनीबाट पूर्णरुपमा जलेपछि कटहरीमा सारिएको छ ।
तरकारी थोक बजारको कार्यालय भवनमा सचिवालय संचालनमा ल्याइए पनि सभा हल भने बन्न सकेको छैन ।
सभा हलकै अभाव देखाएर प्रदेश सरकारले अहिलेसम्म हिउँदे अधिवेशन बोलाएको छैन ।
वीरेन्द्र सभागृहको सभाहलमा प्रदेश सभाको बैठक बस्ने भएपछि प्रदेश सरकारले एक सातापछि बैठक बोलाउने तयारी अघि बढाएको जनाइएको छ ।
प्रदेश सभाको बैठक बस्ने सभा हल निर्माणका लागि ठेक्का लगाउने प्रक्रिया नटुंगिदा कटहरीमा हल निर्माण हुन नसकेको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ ।
View : 204
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved