Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शैक्षिक सुधारको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

उद्‌घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र पठाएको छ ।

आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

शिक्षा क्षेत्रको समग्र सुधारका लागि परिषद्ले सञ्चालन गरेको राष्ट्रव्यापी शैक्षिक अभियान–२०८० मा उठान भएका माग र सुझावहरू प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको कार्यक्रम संयोजक अभिषेक पोखरेलले जानकारी दिए ।

परिषद्ले केही समय अगाडि विभिन्न कलेजका विद्यार्थी र शिक्षकहरूलाई वर्तमान शिक्षाको अवस्थाबारे शैक्षिक सर्वेक्षण फारम मार्फत सुझाव संकलन गरेको थियो ।

अभियानबाट संकलित सुझावहरूलाई आधार बनाएर कोशी प्रदेश सहित देशैभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ३० बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

View : 280

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved