सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ बाट बेवारिसे अवस्थामा १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ ।
चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा शनिबार राति २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा पोका पारी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारिसे अबस्थामा फेला पारी बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भैरहेको बताइएको छ ।
यसैगरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा सिराहाको लहान नगरपालिका–१७ की लीलादेवी रामलाई ६ किलो ८४६ ग्राम र लहान–८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
View : 364
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved