Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरबाट जीतपुर जाँदै गरेको बस दुर्घटनामा दुईजनाको मृत्यु

उद्‌घोष संवाददाता
२९ असोज २०८२, बुधवार

विराटनगर । विराटनगरबाट धनकुटाको जीतपुर जाँदै गरेको यात्रुबस दुर्घटना हु“दा दुईजनाको मृत्यु भएको छ । 

बुधबार दिउँसो धनकुटा नगरपालिका–३ निगालेमा प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी–६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी–९ का ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनामा धनकुटा–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङको केराबारी गाउ“पालिका–९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटाको महालक्ष्मी–९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी–८ की १७ वर्षीया खुसी लुङ्गेली, मोरङको सुन्दरहरैंचा–७ की ८ वर्षीया अंकिता खड्का र महालक्ष्मी–७ की सृजना जिमी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । उकालो बाटोमा टायर पड्किएपछि बस अनियन्त्रित भएर सडकबाट खसेको जनाइएको छ । बसमा कम्तिमा पनि ३० जना यात्रु सवार रहेको जनाइएको छ । 

घाइते भएका बस चालक सुनसरीको इटहरी–१७ बालग्रामका ५० वर्षीय कुलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

View : 305

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved