Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

बिलभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

उद्‌घोष संवाददाता
३ चैत २०८२, मङ्गलवार

Advertisement

विराटनगर । मोरङ प्रहरीले बिल बिजकभन्दा बढी सामान कम मूल्यांकन गरी ल्याइएको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । 

ट्रकबाट ५४ लाख ६३ हजार ६१८ रुपैयाँ बराबरका मोटर्स पार्टस् र सोफा सेटका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलराज लामिछानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार राती करिब सवा ११ बजे विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०१ जीबी ७६४३ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । 

ट्रकको जाँच गर्ने क्रममा बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी सामान रहेको र कम मूल्यांकन गरेर ल्याइएको देखिएको उनले बताए । 

बरामद सामानसहित ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ ।

View : 139

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved