जनकपुर । प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ ।
बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको बताइएको छ ।
शोरूमले ग्राहकहरूलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्नेछ ।
शोरूमको औपचारिक उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले गिरेका थिए ।
सो अवसरमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, उद्योग क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय ग्राहकहरूको उपस्थिति रहेको थियो ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ ।
अत्याधुनिक प्रविधियुक्त सो उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजार भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ ।
जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउछ । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको छ ।
View : 62
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved