Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

‘इक्वालिटी कप’ क्रिकेट आजदेखि

उद्‌घोष सम्वाददाता
१८ चैत २०८१, सोमवार

विराटनगर । विराटनगरमा सोमबारदेखि टि–२० इक्वालिटी कप क्रिकेट प्रतियोगिता हुने भएको छ । 

भुइँ तहमा रहेका महिला क्रिकेटको विकास गर्न नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिवोन क्रिकेट क्लब फाउण्डेसन र क्रिकेट विदआउट बाउन्ड्रिजको सहयोगमा मोरङ, इलाम, सप्तरी र सिरहाका महिला क्रिकेट टोलीबीच प्रतियोगिताको खेल तय भएको जनाइएको छ ।

चौथो संस्करणको प्रतियोगिता आयोजनाका लागि मोरङ जिल्ला क्रिकेट संघ र कोशी प्रदेश क्रिकेट संघसँगको सहकार्य रहेको प्रतियोगिताका संयोजक मन्दिप साहले जानकारी दिए ।

सोमबारदेखि सुरु हुने प्रतियोगिताको हरेक दिन दुईवटा खेल हुने र चैत २१ गते फाइनल खेल हुने जनाइएको छ ।

प्रतियोगिताका खेलहरू विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड केशलिया रोडमा हुने नेपाल क्रिकेट फाउण्डेशनकी बोर्ड सदस्य स्नेहा गुवाजुले बताइन् । 

प्रतियोगितामा सवै जिल्लाका टोलीले एकअर्कासँग खेल खेलेपछि अन्तिममा सबैभन्दा माथि रहने दुईवटा जिल्लाबीच फाइनल हुने उनले जानकारी दिइन् ।

View : 43

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved