विराटनगर । मोरङ व्यापार संघ एक्स्पो २०२३ मा शुक्रबार एकैदिन करीव दुई करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
स्वदेशी कृषि तथा औधोगिक उत्पादनसहित बंगलादेश र पाकिस्तान लगायतका अन्तर्राष्ट्रिय स्टलहरुमा समेत अवलोकनकर्ताहरुको आकर्षण बढेको छ ।
एक्स्पोका सबै स्टलहरुबाट प्राप्त कारोबारका आधारमा करीव २ करोड रुपैयाँको कारोबार भइसकेको एक्स्पोका मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।
एक्स्पोमा दैनिक चर्चित कलाकारहरुले प्रस्तुति दिंदै आएका छन् । एक्स्पोमा विद्यालयहरुबाट विद्यार्थीहरुको उपस्थिति समेत उल्लेख्य रहेको जनाइएको छ ।
शुक्रबार मात्रै करीव आठ सय विद्यार्थीहरुले एक्स्पो अवलोकन गरेका छन् । उनीहरुले निशुल्क एक्स्पो अवलोकन गरेका हुन् । त्यसैगरी वृद्धवृद्धाहरुलाई समेत निःशुल्क अवलोकनको व्यवस्था गरिएको जनाइएको छ ।
नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार र फ्रान्सको ‘आईफिल टावर’ को ५५ फिट अग्लो नमूना निर्माण भई त्यसमा जडित लाइट सिस्टमका कारण एक्स्पोमा जाने अवलोकनकर्ताहरुका सेल्फी जोन बनेको छ ।
पुस ६ गतेदेखि सुरु भएको एक्सो सोमबार औपचारिक रुपमा समापन हुँदैछ ।
शनिबार गायिका अस्मिता अधिकारी, राजन सिवाकोटी र कुटुम्भ ब्याण्डको प्रस्तुति रहेको जनाइएको छ ।
View : 136
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved