Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सरकारद्वारा बजेटमा २५ प्रतिशत कटौती, पुनर्निर्माणमा रकमान्तर गर्ने निर्णय

उद्‌घोष संवाददाता
२७ असोज २०८२, सोमवार

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती  निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनमा नल्याई पुनर्निर्माणमा लगाउने गरी रकम रोक्का गर्ने निर्णय गरेको हो । 

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी र हालै आएको बाढी–पहिरोले पुगेको क्षतिको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरिएको हो ।

प्रदेश सरकारले क्षतिग्रस्त सरकारी कार्यालय र पूर्वाधार पुनर्निर्माणका लागि बजेट रकमान्तर गरी खर्च गर्ने तयारी अघि बढाएको छ ।

जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको प्रदेश सभा, मुख्यमन्त्री कार्यालयसहित धेरै सरकारी कार्यालयमा क्षति भएको थियो ।

मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा एघारौँ तहका इन्द्र सापकोटालाई खटाउने निर्णय पनि गरेको छ ।

View : 449

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved