विराटनगर । निर्वाचित भएपछि सरकारको सुबिधा नलिएका विराटनगर महानगर–४ का वडाध्यक्ष जितन थापाले गएको २४ गते पदबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे ।
यो उनको तत्काल परिवारलाई सुरक्षित राख्नु पर्ने बाध्यता थियो । थापा अहिले वडाध्यक्षका रुपमा चलायमान छन् ।
जेनजीको आन्दोलन यति उत्कर्षमा पुग्यो कि उनी पद छाडेर स्वतन्त्र बस्न परिवारको सुरक्षाका कारण बाध्य थिए ।
आन्दोलनकारीले उनको घरको सीसा फुटाउँदा आफू जोगिए पनि बालबच्चा सुरक्षित राख्न जुनसुकै त्याग गर्न तयार भएकाले राजीनामा सार्वजनिक गर्न बाध्य भए ।
यस्तो बाध्यता मधेस प्रदेशका मुख्यमन्त्रीले पनि भोगिसकेका छन् । तत्कालको घटनाबाट परिवार र आङ्खनो ज्यान जोगाउन जनप्रतिनिधिले यो उपाय अपनाएका थिए ।
आन्दोनल सडकमा भएकाले अराजन ब्यक्तिहरुपनि भिडमै थिए । उनीहरु ब्यक्तिगत र राजनीतिक स्वार्थका लागि सम्पत्ति जलाउनेमा अग्रभागमा देखिए ।
यस्तो देशभरमा उपत्यका र तराईका जिल्लामा जनप्रतिनिधले भोगेको समस्या हो ।
१३ देखि २८ वर्षका युवाको पुस्ता (जेनजी) ले गरेको आन्दोलन पार्टीभित्र रहेर तत्काल लाभ लिनेहरुले अगुवाई गर्दा अराजक भएको थियो ।
वडाध्यक्ष थापाका अनुसार, दलका पुराना नेतृत्वबाट आजित भएका वाईसीएल, तरुणदल र युवासंघमा आवद्ध किशोरहरु पनि आन्दोलनमा अराजकता फैल्याउनेमा थिए ।
यही अराजकताबाट घर, परिवार र समाजलाई जोगाउन थापा जस्ता जनप्रतिनिधिले तत्काल राजिनामा सार्वजनिक गर्न बाध्य भए ।
अहिले देश सामान्य हुंदै गएको छ । नेतृत्वबिहीन जेनजीको अँन्दोलनलाई गैर जेनजीले जिम्मेवारी लिएकाले नयाँ सरकार पनि गठनको प्रक्रियामा छ ।
घरको केही थान झ्यालका सीसा फुटे पनि परिवार र सम्पत्तिलाई अराजकहरुले जोगाएकाले थापा पुनः काममा फर्किएका छन् ।
वडाका बासिन्दाले बहुमत दिएर निर्वाचित गराएपछि उनले कक्षा ८ देखि गरेको राजनीतिको सिकाईमा सुधार ल्याउदै आफूले पाएको सरकारी सुबिधा जनतामा बितरण गर्दै आएका थिए ।
विराटनगरका १९ मध्येका एक यस्ता वडाध्यक्ष हुन् उनी जो महानगरले दिएको मोटरसाइकल चढ्दैनन् ।
वडाध्यक्षले पाएको पारिश्रमिक मन्दिरहरुलाई दान गर्छन् । राजनीतिबाट केही वर्ष टाढिएर उनी कोरियामा बसेका थिए । त्यहाँको कमाई हाल उनको गरिखाने लगानी हो ।
विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतको घर र वडा आन्दोलनकारीले आगजनी गरेपछि उनी बिक्षिप्त भएका थिए ।
एउटै पार्टीबाट निर्वाचित भएकाले बस्नेतको निजी सम्पत्ति र गाडी जलाइँदा थापा जोगिनुको मुख्य कारण हो जेनजीको आन्दोलनलाई समर्थन ।
‘बुढो पुस्ताको नेतृत्व र त्यसबाट उत्पन्न भ्रष्टाचारको बिरुद्धमा पहिलेदेखि नै भएकाले मैले आन्दोलनलाई समर्थन गरेको थिएँ’ थापाले भने । उनले आन्दोलन सफल बनाउन र निजी तथा सार्वजनिक सम्पत्ति जोगाउन नैतिक र आर्थिक सहयोग पनि गरेका थिए ।
आपूm काममा फर्किएको बताउने उनी आइतबार महानगरको कार्यपालिका बैठकमा सहभागी भएपछि उनको घर तोडफोडमा सहभागी युवाहरुले नै स्वीकार गरे ।
घरका सीसा फुटाइए पनि वडा कार्यालय ध्वस्त हुनबाट जोगाउन नसकिएकोमा दुःख ब्यक्त गर्ने थापा अब जनताको सेवा प्रवाह गर्न छिटो भन्दा छिटो वडा कार्यालय व्यवस्थापन गर्ने पक्षमा छन् ।
विराटनगर–४ को नयाँ भवन तयारी अवस्थामा उद्घाटनको प्रतीक्षामा छ । पुरानो भवनमा कार्यालय सञ्चालनका लागि केही पनि कागजात र प्रमाण बाँकी छैन ।
सोमबार वडाका जनप्रनितिधि सहितको टोलीले कार्यालय सफाई गर्दैछ । नयाँ भवन उद्घाटनका लागि समय पर्खिएकाले अन्यत्रको तुलनामा ४ नम्बर वडामा लामो समय कार्यालयबिहीन हुने अवस्था छैन ।
View : 495
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved