विराटनगर । विराटनगर-५ स्थित एभरेस्ट स्कुलमा आजदेखि दुई दिने अन्तर एभरेस्ट तेक्वान्दो प्रतियोगिता २०८० सुरु भएको छ । एभरेस्ट कलेजको कबर्ड हलमा सम्पन्न प्रतियोगितामा छात्र र छात्रातर्फ गरी विभिन्न तौल समूहका १८ वटा स्पर्धा भएका छन् ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रतियोगिताको उद्घाटन गर्दै सम्पूर्ण नियमभित्र रहेर खेलाडीलाई खेल्न आग्रह गरे । उनले खेलकुदले मानिसलाई स्वास्थ्य रहन मात्र हैन, अनुशासित र जिम्मेवार बन्न समेत प्रेरित गर्ने बताए ।
प्रतियोगिता अन्तर्गत छात्रतर्फ २३ केजी भन्दा कममा हेमराज डेबिट प्रथम, सायम कोइराला द्वितीय र विनम्र ढकाल तृतीय हुँदा २७ केजी भन्दा कम समूहमा सार्थक मण्डल प्रथम, मो. अनश शेख द्वितीय र नक्ष शर्मा तृतीय भए ।
३१ केजीभन्दा कम तौल समूहमा सुवास मण्डल प्रथम, मयन बर्मा द्वितीय तथा आरूष साह र सुवास विष्ट तृतीय भए । ३५ केजी भन्दा कम तौल समूहबाट वंश कर्ण प्रथम, संस्कार थापा द्वितीय तथा रिदम मास्के र संकेत गुरुङ तृतीय बनेका थिए ।
४० केजी भन्दा कम तौल समूहमा इशान्त मण्डल प्रथम, निश्चल खत्री द्वितीय तथा आर्यन श्रेष्ठ र अंकुश झा तृतीय बने । ४४ केजी मुनिको समूहबाट सम्पन्न कोइराला प्रथम आर्नभ चापागाईं द्वितीय तथा रेयांश अधिकारी र आरोहण थापा तृतीय भए ।
छात्र तर्फकै ४८ केजी भन्दा कम तौल समूहबाट निरज महतो प्रथम, दिवस गजमेर द्वितीय, सुमन साह र नितेश भुजेल तृतीय हुँदा ५१ केजी मुनिको तौल समूहबाट प्रज्ञान सुवेदी प्रथम, समृद्द दाहाल दित्तिय तथा आर्यन साह र नेन्लिस परियार तृतीय भएका थिए ।
यस्तै ५८ केजी भन्दा कम तौल समूहबाट मो. तेहमद अली प्रथम, शिवम राय द्वितीय र सरोज मेहता तृतीय भए ।
छात्रा तर्फको ३२ केजी सम्मको तौल समूहबाट मिशा खड्का प्रथम, खुशी निरौला द्वितीय तथा श्री रेग्मी र आरध्या खत्री तृतीय हुँदा ३५ केजी मुनिको तौल समूहबाट सामी राजबंशी प्रथम, सचिता घिमिरे द्वितीय र नेहा देव तृतीय बनेका थिए ।
छात्राकै ४० केजी सम्मको तौल समूहबाट नवमिका राई प्रथम, अवन्तिका भण्डारी द्वितीय तथा देता चौधरी र प्रजिता गिरी तृतीय हुँदा ४३ केजी सम्मको समूहमा श्रुति साह प्रथम, सन्ध्या साह द्वितीय र जेशिका कुमारी साह तृतीय भएका थिए ।
४६ केजी मुनिको तौल समूहबाट प्रशंशा रेग्मी प्रथम, गुन्जन ओझा द्वितीय तथा आश्रीया फुयाल र किन्जल भारध्वज तृतीय हुँदा ४९ केजीसम्मको तौल समूहमा अक्षता बस्नेत प्रथम र लक्षिता चौधरी द्वितीय भएका थिए ।
५३ केजी मुनिको समूहबाट रिद्धी दास प्रथम, स्वेता साह द्वितीय, आरूवी भट्टराई र यात्रा जोशी तृतीय भए भने ५७ केजी तौल समूहमा सिम्रिका निरौला प्रथम, अनुस्का भण्डारी द्वितीय र किस्मिता लुइँटेल तृतीय भए ।
छात्राकै ६२ केजी सम्मको तौल समूहबाट कृतिका थापा प्रथम, अक्षता उपाध्याय दित्तिय तथा सुवासिका कोइराला र युनिशा नेउपाने तृतीय भए ।
प्रतियोगिता अन्तरगत शनिवार विभिन्न तेक्वान्दोका प्रदर्शनीको प्रतिस्पर्धा भएपछि कार्यक्रमको समापन हुने विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डङ्गोल बताइन् ।
View : 123
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved