विराटनगर । कोशी प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने जिम्मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले पाएका छन् ।
मन्त्रिपरिषद् बैठकले वर्तमान् डीआईजी ईश्वर कार्कीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने सिफारिस गरेपछि रिक्त रहेको डीआईजीमा विनोद घिमिरेलाई सरूवा गरिएको जनाइएको छ । डीआइजी घिमिरे यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए ।
एआईजी बढुवा भएका कार्कीको भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
View : 354
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved