Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

जीवन विकास लघुवित्तद्वारा १४ प्रतिशत लाभांस घोषणा

उद्‌घोष संवाददाता
२९ मंसिर २०८२, सोमवार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ दशमलव ७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत लाभांश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । 

सो कम्पनीले गत वर्ष पनि १४ दशमलव ७४ प्रतिशत नै लाभांश वितरण गरेको थियो । 

लाभांश वितरणको इतिहासलाई हेर्दा कम्पनीले अधिकतम ७३ दशमलव ६८ प्रतिशतसम्म लाभांश आर्थिक वर्ष ०७७–७८ को मुनाफाबाट वितरण गरेको थियो ।

View : 121

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved