विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मेडिकलतर्फको वीएस्सी नर्सिङ कक्षा सञ्चालन गराउने भएको छ ।
नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार विएस्सी नर्सिङ विषयको पाठ्यक्रम तयार गरिसकेकाले मनमोहनले आगामी शैक्षिक सत्रदेखि नै वीएस्सी नर्सिङ कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले प्रदेश सरकाले गत जेठमै निर्णय गरेर धनकुटा अस्पताल शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसकेकाले अब सम्झौता गरेर टुंगो लाग्नेवित्तिकै विएस्सी नर्सिङ कक्षा आगामी शैक्षिक सत्रदेखि नै सुरु हुने बताए ।
उपकुलपति पोखरेलले भने ‘सायद माघभित्रमा हामीले धनकुटा अस्पताल प्राप्त गरिसक्छौं र बैशाखभित्र नर्सिङतर्फको पाठ्यक्रम पनि सञ्चालन गरिसक्ने छौं ।’
कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले शिक्षण अस्पताल प्राप्त नगर्दा अझै मेडिकलतर्फको कार्यक्रमहरु सञ्चालन गराउन पाइरहेको छैन ।
स्वास्थ्य प्राविधिक कार्यक्रमहरुका लागि पाठ्यक्रमण निर्माण गरिसकेपनि अस्पताल प्राप्त नहुँदा विश्विद्यालय सरकारको अन्तिम सम्झौताको निर्णय पर्खेर बसेको छ ।
सम्झौताका लागि मनमोहनले कोशी सरकारलाई सम्झौतापत्रको खाका पनि बुझाइसकेको छ । तर, प्रदेश स्वास्थ्य मन्त्रालयले उक्त सम्झौताको फायल अगाडि बढाएको छैन ।
मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ मेडिकल एण्ड हेल्थ साइन्सबाट चार वर्षे वीएस्सी नर्सिङ कार्यक्रमका लागि नयाँ पाठ्यक्रम चिकित्सा सेवा आयोगले तोकेको मापदण्ड अनुसार तयार गरिसकेको छ ।
पाठ्क्रमको चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजबाबु मरहठाले आफैं उपस्थित भएर निरीक्षण पनि गरिसकेका छन् ।
प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले हालसम्म आफ्नै आंगिक क्याम्पसहरुमार्फत इन्जिनिरिङतर्फ सिभिल, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सतर्फ स्नातक, फार्मेसी अनि पाँचवर्षे वीवीएएलएबी अनि स्नातकोत्तरतर्फ एलएलएम र हस्पिटल म्यानेजमेन्ट विषयको पढाई गर्दै आएको छ ।
View : 191
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved