विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले आगामी जेठ ४ गते कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा लिने तयारी गरेको छ ।
कलेजले २०८२ सालको एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरूका लागि कक्षा ११ मा भर्ना लिन प्रवेश परीक्षाको तयारी गरेको हो ।
सिमित सिटमा मात्रै अध्यापन गराउँदै आएको एभरेष्टले विज्ञान तथा व्यवस्थापन संकायतर्फ २१० जनाको भर्ना सिट राखेर परीक्षा लिन लागेको जनाइएको छ ।
कलेजका अनुसार विज्ञान संकायतर्फ १४० र व्यवस्थापन संकायतर्फ ७० जना मात्र भर्ना लिइने छ । कलेजले एउटा कक्षा कोठमा ३५ जना विद्यार्थीमात्रै राखेर अध्यापन गराउँदै आएका कारण सिट सिमित गरेको जनाएको छ ।
कलेजले दुवै संकायका लागि एकै दिन जेठ ४ गते विहान ११ बजेदेखि प्रवेश परिक्षा लिने भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए ।
कोशी प्रदेशकै सुविधा सम्पन्न कलेजका रुपमा स्थापित एभरेष्टले विद्यार्थीको संख्याभन्दा गुणस्तरीय शिक्षामा जोड दिंदै आएको दाबी गरेको छ ।
विद्यालयस्तरदेखि नै बालबालिकाको सिकाईको स्तर अनुसार न्यूनतम् संख्यामा मात्र राखेर अध्यापन गराउँदै आएको जनाइएको छ ।
यसैबीच २०८२ को एसईईमा एभरेष्टले उत्कृष्ट नतिजा ल्याएको जनाएको छ । परिक्षा दिएका १९३ जना विद्यार्थीमा शत प्रतिशतले उत्तिर्ण गरेको र न्यूनतम् ३.२५ देखि ४ जीपीए ल्याएर विद्यार्थी उत्तिर्ण भएका छन् ।
नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १७६ जना रहेको छ । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ छ ।
एसईईको परीक्षाफल अत्यन्तै राम्रो भएको भन्दै प्रिन्सिपल टिकाराम पुरीले भने, ‘हाम्रा विद्यार्थीको सिकाई र बुझाईमा समानता छ, केहि विद्यार्थी धेरै राम्रो र केही धेरै कमजोर हुने अवस्था एभरेष्टमा हुँदैन । उनले एभरेष्ट आफैंमा एउटा स्थापित ब्राण्ड र सँधै आफ्नै गुणस्तरमा अघि बढ्ने गरेको बताए । प्रिन्सिपल पुरीले जस्तोसुकै परिस्थितिमा पनि एभरेष्टको नतिजामा प्रभाव नपर्ने बताएका छन् ।
त्यसो त एभरेष्टले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थासँग सहकार्य गर्दै अत्याधुनिक सिकाई विधि र नविन प्रयोग गर्दै आएको छ ।
विराटनगरबाटै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यका साथ एभरेष्टले नेपालको मात्र नभई युग सुहाउँदो शिक्षामा जोड दिने गरेको छ ।
एभरेष्टमा बेलायतको एनसीसी कोर्ष लागु गरिएको जनाइएको छ । त्यस्तै भौतिक पूर्वाधारहरु पनि उसैगरी विश्वस्तरीय बनाउँदै लगिएको छ ।
स्कुल र कलेजका हरेक कक्षा कोठालाई वातानुकुलित बनाएको एभरेष्टले प्रविधिको समेत उच्चतम् प्रयोग गर्दै आएको छ ।
View : 133
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved