विराटनगर । उद्योग व्यवसायमा खपत गर्ने ऊर्जा र त्यसबाट सिर्जना हुने वातावरण लगायतका समस्या तथा परिवर्तनहरू सम्बन्धी तयार पारिएको प्रतिवेदनका मुख्य विषयमा सोमबार विराटनगरमा अन्तरक्रिया सम्पन्न भएको छ ।
इन्टर डिसिप्लिनरी एनालिष्ट (आइडीए) ले उद्योग व्यवसाय क्षेत्रमा हुने ट्रिपिङ, लो भोल्टेज, फ्लक्च्यूएशन लगायत ऊर्जासँग सम्वन्धित विषयमा उद्योग संगठन मोरङको सभाहलमा छलफल गरेको हो ।
संगठनकै समन्वयमा सुनसरी मोरङ औद्योगिक करिडोर र देशका अन्य स्थानमा रहेका उद्योग व्यवसायमा गत असोजमा सर्वेक्षण गरिएको थियो ।
उक्त सर्वेक्षणको पूर्ण प्रतिवेदनसँग सम्वन्धित मुख्य विषय र त्यसका निष्कर्षहरूबारे इन्टर डिसिप्लिनरी एनालिष्टका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले जानकारी गराए ।
अन्तरक्रिया कार्यक्रममा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले सर्वेक्षणमार्फत प्राप्त तथ्यांकले आगामी दिनमा संगठनलाई ऊर्जासँग सम्वन्धित बहस पैरवीमा सहयोग पुग्ने बताए । उनले सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा ऊर्जा व्यवस्थापनका लागि अपनाउनु पर्ने सुधारका विषयमा नेपाल विद्युत प्राधिकरण लगायतका प्रमुख सरोकारवालाहरूको ध्यानाकर्षण गराए ।
डा. शर्माले ठूला, मझौला, साना, कुटिर र परम्परागत सीपबाट सञ्चालित उद्योग व्यवसायमा सर्वेक्ष्ँण गरिएको बताए ।
सर्वेक्षणका क्रममा उद्योग प्रतिष्ठानले प्रयोग गर्ने इन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था र प्राप्त ऊर्जाको गुणस्तर जस्ता कुरालाई जोडदार रुपमा अध्ययन गरिएको जानकारी दिए ।
साथै, ऊर्जा दक्ष्ँता अभिवृद्धिका लागि गर्नुपर्ने सुधार, ऊर्जा खपत न्यूनिकरणका थप उपायलाई केन्द्रमा राखी सर्वेक्षणको प्रतिवेदन तयार पारिएकाले उद्योग प्रतिष्ठानले आगामी दिनमा ऊर्जा सुधारको योजना वनाउँदा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ राकेश सुराना, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल कुमार साह, संगठनका उपाध्यक्ष्ँहरू विपिन कावरा, सुवोध कोइराला लगायतको उपस्थिति रहेको थियो ।
View : 324
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved