Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीकेभीएमलाई हाजिरीजवाफको उपाधि

उद्‌घोष संवाददाता
१४ माघ २०८२, बुधवार

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (बीकेभीएम) स्कुलले जितेको छ ।

१८ वटा विद्यालयलाई पछि पार्दै बीकेभीएमले उपाधिसँगै नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यस्तै उपविजेता एभरेष्ट स्कुलले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । इटहरीको जनता मावि तेस्रो भएको छ ।

विजेता विद्यालयलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रायोजक काबरा ग्रुपका निर्देशक नवलकिशोर काबरा, क्वीज मास्टर सन्देशदास श्रेष्ठ, आयोजक संस्थाकी अध्यक्ष आयुषा खतिवडालगायतले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

विगत ३० वर्षदेखि एउटै आयोजक र प्रायोजकमार्फत अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिता हुँदै आएको छ ।

प्रतियोगितामा मोरङ र सुनसरीका १८ वटा विद्यालयको सहभागिता रहेको जुनियर जेसीजका महासचिव सञ्जु योगीले जानकारी दिइन् । 

कार्यक्रममा विराटनगर जेसीजका बोर्ड अफ ट्रष्टी टीकाराज ढकाल, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल, पूर्वअध्यक्ष देवेश प्रधान, जुनियर जेसीज क्षेत्र (क) का संयोजक गौरव कर्णलगायतको उपस्थिति रहेको थियो ।

View : 85

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved