Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट ट्रेड एक्स्पो-२०२५ स्टल भिजिट

आनन्दी ज्वलेरीमा पाइन्छन् चाँदीका चम्किला गहना

उद्‌घोष संवाददाता
१३ पुष २०८२, आइतवार

विराटनगर । विराट ट्रेड एक्स्पोको स्टल नम्बर १० मा चाँदीका चम्किला गहनामात्रै छैनन्, गहना खरिद गर्ने नयाँदेखि पुरानो पुस्ताका ग्राहक पनि झुम्मिएका छन् ।

विराटनगरको सेन्ट्रलमलसहित काठमाडौं र पोखरामा समेत आफ्नो आउटलेटमार्फत चाँदीका सुन्दर गरगहना बिक्री वितरण गर्दै आएको आनन्दी ज्वलेरीले एक्स्पोको अवलोकनकर्ताको मन पनि तानिरहेको छ ।

‘चाँदीका हरेक प्रकारका गरगहना उत्कृष्ट फिनिसिङसहित हामीले बिक्री गर्दै आएका छौं’ आनन्दी ज्वेलरीकी डिजटल मार्केटिङ म्यानेजर दीक्षा अटलले भनिन् ‘हामीले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत चाँदीलाई रोडियम र प्लाटिनमको माध्यमले उज्यालो र चम्किलो बनाएर उत्पादन गर्दछौं ।’

उनले ग्राहकको चाहना अनुसारको डिजाइनमा समेत चाँदीका विभिन्न आधुनिक गरगहना उत्पादन गरिंदै आएको जानकारी दिइन् । पाउजु, औंठी, टप, बाला, सारी पिन, ब्रुच, सिक्री, पेन्डेन्ट सेटको आकर्षक डिजाइनमा तयार पारिने बताइन् ।

विराट ट्रेड एक्स्पोको स्टलमा खरिद गर्दा १० देखि ४० प्रतिशतसम्म छुट उपलब्ध गराइँदै आएको उनले बताइन् ।

सेल्सपर्सन पुनम मेहताले स्टर्लिङ सिल्भर (९२ दशमलव ५ प्रतिशत चाँदी हुने) का हरेक गरगहना आकर्षक मूल्यमा बिक्री वितरण भइरहेको बताइन् । 

एक्स्पोसहित हाम्रो आउटलेटबाट किनेका चाँदीका गरगहनामा देशभरका जुनसुकै आउटलेटमा पनि सित्तैमा मर्मत सम्भार हुने उनले जानकारी दिइन् ।

टिलिक्क टल्किएका चाँदीको गरगहनामा ग्राहकले आवश्यकता अनुसार अष्ट्रियामा उत्पादन भएको उच्चगुणस्तरीय ‘सरोस्की स्टोन’ आफ्नो रोजाई अनुसार जडान गर्नसक्ने जनाइएको छ ।

यसरी उत्पादन गरिने गरगहना हात र मेसिन दुवै माध्यमबाट तयार हुने भएकोले गुणस्तरमा कुनै पनि प्रकारले कमजोरी नहुने उनले जानकारी दिइन् ।

View : 112

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved