विराटनगर । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये कोशी प्रदेशका १० जनासहित ४५ जनालाई सहिद घोषणा गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो । सरकारद्वारा सहिद घोषित ४५ मध्ये १० जना कोशी प्रदेशका विभिन्न जिल्लाका छन् ।
मोरङ बेलबारी नगरपालिका–११ का श्रीयम चौंलागाईं सहिद घोषित भएका छन् ।
त्यस्तै उदयपुरको बेलका नगरपालिका–४ का सन्तोष विश्वकर्मा पनि सहिद घोषित भएका छन् ।
सुनसरीका तीन जनालाई सरकारले सहिद घोषणा गरेको छ । जसमा अभिषेक श्रेष्ठ इनरुवा–६, मोहन सरदार इटहरी–१४, साजन राई धरान–२२ छन् ।
त्यस्तै धनुकटा पाख्रीबास–२ का छत्रमान कुथुमी, सिलिचोङ–३ संखुवासभाका प्रवीण कुलुङ, झापा अर्जुनधारा–११ का ज्ञानेन्द्र सेढाईं र अर्जुनधारा–४ का दिनेश राजवंशी र पाँचथर हिलिहाङ–२ का कमल भण्डारी पनि सहिद घोषित भएका छन् ।
View : 311
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved