सुन्दरहरैंचा । सुन्दरहरैंचाका लेखक दुर्गा खरेलको ‘विश्वमानव’ निबन्ध संग्रहको लोकार्पण गरिएको छ ।
प्रगतिशील लेखक संघ मोरङद्वारा आयोजित कार्यक्रममा विश्वमानव निबन्ध संग्रहको विमोचन र याङरुप उपन्यासको परिचर्चा कार्यक्रम समेत गरिएको हो ।
प्रगतिशील लेखक संघ कोशी प्रदेश अध्यक्ष तिला लेकालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेखक तथा पत्रकार केशु विरही लगायत ’विश्वमानव’ को समीक्षा गरेका थिए ।
सो कार्यक्रममा प्रलेस नेपाल कोशी प्रदेश सचिव राजेन्द्र सर्वहारा, मोरङका पूर्व अध्यक्षहरू गोपाल निर्भीक, भानु भण्डारी, अमृतप्रसाद आचार्य (आचार्य अ.), सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, बेलबारीका अग्रज स्रष्टा ईरान राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका प्रमुख भाषाविद् तथा समीक्षक डा. दीपकप्रसाद न्यौपानेको सहभागिता थियो ।
त्यसैगरी बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागका सदस्य रामप्रसाद खरेल, मुक्तककार नवराज पोखरेल ‘नवशिला’, जेफाले सिर्जना डबलीका युवराज ठकुरी लगायतको सहभागिता रहेको थियो ।
View : 435
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved