सुनसरी । काबरा ग्रुपले दुहवीस्थित उद्योग आसपासका ११० जनालाई कम्बल वितरण गरेको छ ।
दुहवीस्थित उद्योग परिसरमा शनिबार आयोजित कार्यक्रममा काबरा ग्रुपले ६० वर्षमाथिका विपन्न बृद्धबृद्धालाई खाद्यान्न, वस्त्र र कम्बल प्रदान गरेको हो ।
उनीहरूलाई ग्रुपका संस्थापक गणपतलाल काबराको उपस्थितिमा ती सामग्री प्रदान गरिएको सञ्चालक श्याम काबराले जानकारी दिए ।
स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको ग्रुपले विभिन्न विद्यालयलाई शैक्षिक सामग्री सहयोग, विपन्न बिरामीलाई उपचार सहायता, समुदायस्तरमा सरसफाइ तथा सचेतना कार्यक्रम र विपद्को बेला राहत सामग्री वितरण जस्ता कार्यहरू गर्दै आएको छ ।
उद्योग–व्यवसायमार्फत उपभोक्ताका बीच लोकप्रिय ‘क्वालिटी’ ब्राण्डका बिस्कुट, चकलेट, वेफर्स, स्न्याक्स र नूडल्स उत्पादन गर्ने काबरा ग्रुपले सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ अघि बढाउँदै आइरहेको सञ्चालक काबराले बताए ।
उनले सामाजिक सेवामा निरन्तरता दिने योजनाका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपले विस्तार गरिने जानकारी दिए ।
View : 231
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved