Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मनमोहक नाम्जे (तस्वीरहरू)

उद्घोष सम्वाददाता
७ भदौ २०८१, शुक्रवार

नाम्जे । समुद्री सतहबाट १५८५ मिटर उचाइमा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ को भेडेटार, नाम्जे र थुम्की कोशी प्रदेशकै आकर्षक पर्यटकीय केन्द्र बनेका छन् ।

तराईको गर्मी छल्न धरानबाट १७ किलोमिटर उकालो चढेपछि पुगिने नाम्जे हरेक मौसममा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ ।

यहाँका डेढ दर्जनभन्दा बढी होमस्टेमा घरेलु वातावरणमा पर्यटकहरूले खान बस्न र रमाउन पाउने गरेका छन् ।

नाम्जेमा आत्मा बस्ने घर, सूर्योदय बुद्ध विहार, बहुजातीय सङ्ग्रहालय तथा पार्क, अर्ग्यानिक भिलेज, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, मगर जातीको हुर्रा नाच, हात्तीसुढे झर्ना, लोत्पे डाँडा र विभिन्न एफएम र टेलिभिजनका टावरहरू रहेका छन् ।

नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ गन्तव्यहरू मध्ये एक गन्तव्य मानिन्छ ।

नाम्जेमा चाँडो चाँडो बदलिने मौसमका कारण पर्यटकहरू लोभिने गरेका छन् ।

तस्वीरहरू : बिक्रम निरौला 

View : 724

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved