विराटनगर । नेपाली कांग्रेस कोशीले प्रदेश सरकारबाट तत्काल मन्त्रीहरू फिर्ता नबोलाउने भएको छ ।
कांग्रेस कोशी प्रदेश कार्यदलको बिहीबार विराटनगर बसेको बैठकले तत्काल मन्त्री फिर्ता नबोलाउने, कानुनी परामर्श र केन्द्रसँग समन्वय गरेर थप कदम चाल्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक गोपाल तामाङले दिएको जानकारीअनुसार थप निर्णयका लागि संसदीय दलका नेता उद्वव थापालाई अधिकार दिइएको छ ।
अन्यत्रको सरकार जस्तो १६८ (२) को नभएर कोशीमा १६८ (५) को भएकोले थप कानुनी परामर्श गर्ने कांग्रेसले जनाएको छ । यो उपधारा अनुसार बहुमत जुटाउने प्रदेश सभा सदस्य मुख्यमन्त्री बन्ने प्रावधान छ ।
सोहीअनुसार कांग्रेस समर्थनमा एमालेका हिक्मत कार्की अहिले मुख्यमन्त्री छन् ।
कांग्रेसले प्रदेश सरकारमा नेकपा एमालेसँग गरिएको गठबन्धनलाई निरन्तरता नदिने निर्णय गरेको थियो ।
View : 188
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved