Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

गुरुकुलमा ‘एक चिहान’ मञ्चन शुरु हुने

उद्‌घोष संवाददाता
११ भदौ २०८२, बुधवार

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा बुधबारदेखि एक चिहान नाटक मञ्चन हुने भएको छ । 

हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित मनोसामाजिक उपन्यास एक चिहानलाई नाट्य रुपान्तरणसहित भदौ ११ गते बुधबारदेखि गुरुकुलको सुशीला कोइराला नाटक घरमा मञ्चन गरिने भएको हो । 

माध्यमिक शिक्षा परिषद्ले अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरेको सो उपन्यासलाई अध्ययन–अध्यापनमा सहजता आउनेगरी मञ्चन गर्न लागिएको हो । 

विराटनगर आसपासका विद्यार्थी तथा नव–कलाकारहरुको खोजी गर्दै नाट्य अभिनय कार्यशालासहित पूर्वाभ्यास गरिएको नाटकलाई भदौ महिनाभरी नियमित प्रदर्शन गर्ने योजना रहेको नाटक संयोजक देवेन्द्र यादवले जानकारी दिए । 

नाटकमा विद्यार्थीहरुको सहजताका लागि समग्र विषयवस्तुहरुलाई कलात्मक तथा मनोरञ्जनात्मक हिसाबले प्रस्तुत गरिएको छ । 

समाजले नारीलाई हेर्ने दृष्टिकोण, जातीय विभेदजस्ता विषयवस्तुमा व्यंग्यात्मक शैलीमा नाटक एक चिहानको कथावस्तुमा प्रस्तुति गरिएको संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

View : 245

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved