Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

योगीको  व्यवसायिक नर्सरी : आम्दानीसँगै रोजगारी

उद्‌घोष संवाददाता
३१ भदौ २०८२, मङ्गलवार

सुन्दरहरैंचा । विदेशी रोजगारीको बाटो छोडेर आफ्नै गाउँमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् मोरङको सुन्दरहरैंचा नगरपालिका–८ चन्द्रनगरका ज्ञानदीप योगीले ।

विगत १२ वर्षदेखि उनले ‘ज्ञानदीप नर्सरी’ सञ्चालन गर्दै आएका छन् । 

करिब ६ कट्ठा जग्गा भाडामा लिएर सुरु गरिएको नर्सरीमा फूल खेतीलाई मुख्य व्यवसायको रूपमा अघि बढाएका योगी हाल मनग्ये आम्दानी गरिरहेका छन् ।

नर्सरीमा विभिन्न प्रजातिका फूल, सजावटी बिरुवा तथा फलफूलका बोटबिरुवा उत्पादन र बिक्री हुने गरेको छ । 

व्यावसायिक रूपमा सञ्चालन भइरहेको सो नर्सरीले स्थानीय बजार मात्र नभई अन्य जिल्लातर्फ समेत माग पुर्याउँदै आएको सञ्चालक योगीको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै गाउँमा केही गर्ने संकल्प योगीले गरेका थिए, अहिले यही नर्सरी नै आम्दानी र सन्तुष्टिको प्रमुख आधार बनेको योगीले बताए । 

नर्सरीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा केही युवालाई रोजगारी पनि उपलब्ध गराएको छ । 

स्थानीय तहले पनि फूल खेतीलाई प्रोत्साहन गर्ने योजना ल्याएमा सो व्यवसाय अझै विस्तार गर्न सकिने उनले बताए ।

View : 282

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved