Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान

उद्घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

पर्वत, ३० साउन । बेलायतमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत समाजले जिल्लाका  एक सय ५९ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

जलजला गाउँपालिकाको फर्से धाइरिङ माध्यमिक विद्यालय, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना तथा दक्षिण पर्वतको विहादी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका एक सय १५ जना विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । 

विद्यालयले छनोट गरेका विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको समाजका पूर्वअध्यक्ष दधि आचार्यले बताए ।  

मङ्गलबार आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको हो । त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङलगायत उपस्थित थिए ।  रासस
 

View : 130

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved