विराटनगर । हुलाकी राजमार्गको मोरङको कटहरी क्षेत्रमा मादक पदार्थ सेवनले दुर्घटना बढेकाले प्रहरी र सेवनकर्तालाई सचेत गराउन गाउँपालिकाले उपकरण नै खरिद गरेको छ ।
कटहरी गाउँपालिकाले रातिको समयमा ठुला सवारी साधनबाट हुने गरेका दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थको सेवन मापन उपकरण(ब्रेथलाइजर) खरिद गरेर बिहीबार ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।
जथाभावी यातायातका साधन चलाउने चालकलाई कडाइ गर्न अब कटहरी गाउँबाट सहयोगमा आएको उपकरणले जाँच गरिने भएको छ ।
View : 190
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved