Biratnagar, Morang, Nepal
२८ कार्तिक २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

दर्जन अपराधमा संलग्न राईको हत्या

ज्यान मार्ने उद्योगमा उनलाई जिल्ला अदालतले ५ वर्ष कैद गरेपछि निस्किएका राईले अपराधलाई नै पेशा बनाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार राईले ज्यान मार्ने उद्देश्यको ब्यवहार गरेको जनाउँदै पछिल्लो पटक गत मंसिर १३ मा जसबहादुर राईले प्रहरीमा निवेदन दिए ।
उद्घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । दर्जन बढी अपराधमा संलग्न रहेका पूर्वी पहाडी जिल्ला संखुवासभामा एक व्यक्तिको हत्या भएको छ । हत्याको एक सातापछि सडेको अवस्थामा भीरबाट उनको शव निकालिएको छ ।

चिचिला गाउँपालिका–३ खर्चु क्षेत्रको लप्सीभीरबाट आइतबार प्रहरीले विकास राईको शव लिकालेको हो । 

जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि शव राखिएको संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । हत्या आरोपमा चिचिला–३ का प्रदिप राई पक्राउ परेका छन् ।

शनिबार अपरान्ह प्रदिपले प्रहरीलाई आपूmले गएको १८ गते विकासको हत्या गरेर भीरबाट फालेको बताएका थिए । 

प्रदिपकै सूचनाका आधारमा लामो बाटो तय गरी त्यहाँ पुगेको प्रहरीले करिव ७५ मिटर तल भीरमा शव अड्किएको पत्ता लगाए पनि राति भएकाले निकाल्न सकेको थिएन । उनको हत्यामा अरुको पनि संलग्नता भएको हुन सक्ने अनुमान गरेर प्रहरीले अनुसन्धान गर्दैछ ।

स्थानीयले आतंक मच्चाएको उजुरी गरेपछि विकास प्रहरीको खोजी सूचीमा रहेका ब्यक्ति थिए । खोजीकै क्रममा उनको शव भीरमा रहेको सूचना आएको थियो । 

२०६८ मा जेल परेर निस्किएपछि विकासको आपराधिक यात्रा सुरु भएको थियो । सदरमुकाम खाँदबारीमा पत्रकार किशोर बुढाथोकीलाई धारिलो हतियार प्रहार गरेर ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल बसेका विकास राई छुटेपछि ११ वटा मुद्दा भोग्दै छन् ।

बुढाथोकीलाई २०६८ मंसिर १८ मा राईले धारिलो हतियार प्रहार गरेका थिए । ज्यान मार्ने उद्योगमा उनलाई जिल्ला अदालतले ५ वर्ष कैद गरेपछि निस्किएका राईले अपराधलाई नै पेशा बनाएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार राईले ज्यान मार्ने उद्देश्यको ब्यवहार गरेको जनाउँदै पछिल्लो पटक गत मंसिर १३ मा जसबहादुर राईले प्रहरीमा निवेदन दिए । 

बलबहादुर राईको घरमा धार्मिक कार्य भई रहेका बेला राति प्रवेश गरेका उनले बयोबृद्ध घरमुलीलाई कुटपिट गरेको आरोप थियो ।

त्यसको भोलिपल्टै १४ गते डेढ किलो गाँजा फालेर भागेका राईलाई प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा छुट्ने बित्तिकै पुनः मानिसलाई आतङ्कित पार्न थालेपछि प्रहरीमा उजुरी आएको थियो ।

त्यसअघि राईले २०७५ जेठ २६ मा खाँदबारी नगरपालिका–७ का चन्द्रबहादुर लिम्बूलाई कुटपिट गर्दा जिल्ला अदालतले २ हजार ७ सय २० रुपैयाँ जरिवाना र २ हजार २ सय ८० रुपैयाँ क्षतिपूर्ति तिराएको थियो ।

त्यसपछि मंसिर १० मा झण्डै एक किलो गाँजासहित पक्राउ परेका राईलाई जिल्ला अदालतले एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यस बेला उनलाई अर्कै मुद्दामा पक्राउ गर्दा शरीरबाट ८ सय ३५ ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ । २०७५ साउन १७ मा लालबहादुर राईलाई कोदालोको बींडले शरीरका बिभिन्न ठाउँमा हिर्काएपछि उनलाई ज्यान मार्ने उद्योगमा २०७५ चैत ७ मा अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना र पीडितलाई एक लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

२०७४ चैत १२ मा सुमन मगरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका राईलाई जिल्ला प्रशासन कार्यालयले २०७५ जेठ २४ मा दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो । सो घटनाअघि छिमेकी अप्सरा राईलाई गालीगलौच गरेको आरोपमा विकास राईलाई प्रहरीले मुद्दा चलाएको थियो ।

२०६७ पुस ३ मा पदमबहादुर तामाङ र मकानसिं राईलाई कुटपिट गर्दा उनलाई जिल्ला प्रशासन कार्यालयले २०६८ जेठ २४ मा ३१ हजार रुपैयाँ सजायको फैसला गरेको थियो । 

२०६५ चैत २५ मा बिरामी बोकेको एम्बुलेन्स रोकेर चालकको टाउकोमा बियरको बोतल प्रहार गरेको आरोपमा राईलाई ५ सय रुपैयाँ सजाय तोकेको थियो ।

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved